अदालतको आदेशपछि महानगरद्वारा टुकुचा खोला ब्युँताउने प्रक्रिया सुरु

काठमाडौं - काठमाडौं महानगरपालिकाले टुकुचा खोला ब्युँताउन औपचारिक प्रक्रिया सुरु गरेको छ ।

उच्च अदालत पाटनले टुकुचा खोला भएको र त्योमाथि व्यक्तिगत सम्पत्ति रहेको आदेश दिएपछि सोमबार महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले खोलामाथि पर्ने लगत कट्टाको माग गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र मन्त्रालयमा पत्र लेखेका हुन्।