काठमाडौं महानगरद्वारा सडकका अव्यवस्थित तार काट्न सुरु

काठमाडौं - काठमाडौं महानगरपालिकाले आज सोमबरबाट महानगरपालिका भित्रका अव्यवस्थित टेलिफोन तथा इन्टरनेटका तार(अप्टिकल वायर) काट्न सुरु गरेको छ ।

सडकस्थित विद्युतका पोलमा टाँगिएका अव्यवस्थित तारले सहरलाई कुरुप बनाउने मात्र नभई आगलागीका घटना समेत हुने गरेको पाइएपछि महानगरपालिकाले तार काट्न सुरु गरेको हो ।