लागूऔषध मुद्धाका आरोपी छुुटाई दिनेभन्दै २ लाख घुस लिने कम्युटर अपरेटर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी जिल्ला अदालत परासीमा कार्यरत कम्युटर अपरेटर राम लखन बनियालाई नियन्त्रणमा लिएको छ ।  लागूऔषध मुद्दामा कारगारमा रहेका सेवाग्राहीसँग छुुटाई दिन सहजीकरण गर्ने भन्दै घुस लिएको आरोपमा बुधबार अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । 

नवलपरासी (बर्दाघाट सुस्ता पश्चिम) पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ३ बेलासपुरबाट घुस लिइसकेको अवस्थामा बनियालाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए । उनीमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।