आजको मौसम : सातै प्रदेशमा वर्षा हुने, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरीको सम्भावना

 काठमाण्डौँ - आज सातै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा चट्याङसहित भारी वर्षा हुने सम्भावना छ । 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा हावा-हुरी चल्ने पूर्वानुमान गरिएको छ । शनिबार राति सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ-गर्जनरचट्याङ्सहित भारी वर्षाको सम्भावना छ । 

भोलि आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । भोलि सातै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ-गर्जनरचट्याङ्ग सहित भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।