वन्यजन्तुको आक्रमणबाट पाँच वर्षमा १९७ जनाको मृत्यु

 काठमाण्डौँ - पछिल्लो समय वन वातावरण संरक्षणका क्षेत्रमा मुलुकले प्राप्त गरेको उपलब्धि कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रशंसा हुने गरेको छ। तर, वन्यजन्तुको आक्रमणबाट कयौंको ज्यान गएको छ ।

खासगरी संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू-उपयोगका कारण वासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु गाउँ बस्तीमा पस्ने गरेका छन्। यसबाट संरक्षित क्षेत्रभित्र तथा यसको वरिपरि बसोबास गर्ने समुदायको वन्यजन्तुबाट मानवीय तथा आर्थिक क्षति हुँदै आएको छ।

हात्ती, बाघ, गैँडा, चितुवा, भालु, जङ्गली कुकुर लगायतका वन्यजन्तुको आक्रमणबाट पछिल्लो पाँच वर्षमा १९७ जनाको मृत्यु भएको तथ्याङ्क छ। यस अवधिमा वन्यजन्तुबाट भएको क्षतिका लागि सरकारले ६० करोड १२ लाख ७४ हजार ५१४ रुपैयाँ क्षतिपूर्ति तिर्नुपरेको छ।

वन्यजन्तुले मानिसलाई घाइते बनाउने, बालीनाली, घर, गोठको क्षतिलगायत घट्ना बढ्दै गएका छन्। मुलुकभरका राष्ट्रिय निकुञ्जलगायत संरक्षित क्षेत्र आसपासमा हात्ती, बाघ, भालु, गैँडा, चितुवा, हिउँ चितुवा, ब्वाँसो, जङ्गली बँदेल, अर्ना, मगर गोही, गौरी गाईलगायत वन्यजन्तुसँग मानव द्वन्द्व बढेको देखिन्छ।

आर्थिक वर्ष २०७९र८० जेठसम्म वन्यजन्तुबाट ३६ जनाको मृत्यु भएको छ भने वन्यजन्तुबाट भएको क्षतिका लागि १० करोड ८७ लाख १८ हजार ४२९ रुपैयाँ राहत वितरण गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। यस अवधिमा सबैभन्दा बढी हात्तीबाट १४, बाघबाट १२, गैँडाबाट चार, चितुवाबाट तीन, जङ्गली बँदेलबाट दुई र भालुबाट एक ३६ जनाको मृत्यु भएको छ।

वन्यजन्तुबाट सामान्य घाइते ४६ जना, सख्त घाइते ९७ जना, पशुधनको क्षति तीन हजार ९१२, भण्डारण गरेको अन्नको क्षति २५६, घरगोठको क्षति ३८५ र अन्नबालीको क्षतिका तीन हजार ७४ घटना भएको विभागको तथ्याङ्क छ।

यसैगरी आव २०७८र७९ मा मुलुकभर वन्यजन्तुबाट मृत्यु हुने मानिसको सङ्ख्या ५८, सामान्य घाइते सङ्ख्या ७२ र सख्त घाइते हुनेको सङ्ख्या ११६ रहेको छ भने वन्यजन्तुबाट भएको क्षतिका १२ हजार ६७२ वटा घट्ना दर्ता भएका छन्। यस अवधिमा सबैभन्दा बढी हात्तीबाट २३ जनाको मृत्यु भएको छ। त्यसपछि बाघबाट २१, गैँडाबाट पाँच, चितुवा र जङ्गली बँदेलबाट तीन(तीन र गौरी गाईबाट एक जनाको मृत्यु भएको थियो। साथै वन्यजन्तुबाट भएको क्षतिबापत १५ करोड ५८ लाख दुई हजार ४६८ रुपैयाँ राहत रकम वितरण गरिएको छ।

यसैगरी, आथिर्क वर्ष २०७७र७८ मा देशभर वन्यजन्तुबाट मृत्यु हुने मानिसको सङ्ख्या ४०, सामान्य घाइते सङ्ख्या ९८ र सख्त घाइते हुनेको सङ्ख्या ६७ रहेको थियो भने वन्यजन्तुबाट भएको क्षतिका आठ हजार ४५५ वटा घटना दर्ता भएका थिए। यस अवधिमा सबैभन्दा बढी हात्ती र बाघबाट १३(१३ जना, त्यसपछि गैँडाबाट ६ जना, भालु र चितुवाबाट तीन(तीन, जङ्गली बँदेल र गौरी गाईबाट एक(एक जनाको मृत्यु भएको तथ्याङ्क छ। यस अवधिमा राहतबापत १४ करोड नौ लाख ९३ हजार ५५६ रकम वितरण गरिएको छ।

आर्थिक वर्ष २०७६र७७ मा वन्यजन्तुबाट मृत्यु हुने मानिसको सङ्ख्या ३३, सामान्य घाइते सङ्ख्या ६७ र सख्त घाइते हुनेको सङ्ख्या ११० जना रहेको छ। यस अवधिमा सबैभन्दा बढी १३ जना हात्तीबाट, बाघ र चितुवाबाट आठ(आठ र गैँडाबाट चार जनाको मृत्यु भएको थियो। वन्यजन्तुबाट भएको क्षतिका लागि राहतबापत १० करोड ६६ लाख ७५ हजार ९७१ रकम वितरण गरिएको छ।

त्यस्तै, आर्थिक वर्ष २०७५र७६ मा वन्यजन्तुबाट ३० जनाको मृत्यु भएको र १३७ जना घाइते भएको तथ्याङ्क छ। यस अवधिमा सबैभन्दा बढी हात्तीबाट १५ जना, चितुवाबाट ६ जना, बाघबाट चार जना, गैँडाबाट दुई जना तथा जङ्गली कुुकुर, जङ्गली बँदेल र मगर गोहीबाट एक(एक जनाको मृत्यु भएको थियो। साथै वन्यजन्तुबाट भएको क्षतिका लागि आठ करोड ९० लाख ८४ हजार ९० राहत वितरण गरिएको थियो।

मानव वन्यजन्तु द्वन्द्वलाई न्यूनीकरण गर्न वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ ९तेस्रो संशोधन, २०७५० बमोजिम राहत उपलब्ध गराउने व्यवस्था छ। विभागका निमित्त महानिर्देशक अजय कार्कीले मानव वन्यजन्तु द्वन्द्व बढ्दै गएको र यसबाट मृत्यु हुनेको सङ्ख्या तथा राहत क्षतिपूर्ति पनि बढेको बताए। वन तथा वातावरण मन्त्रालयले पछिल्लो समय क्षतिपूर्ति दिनुपर्ने वन्यजन्तुको सूचीमा नीलगाई र बाँदर पनि थप गरेको बताउँदै कार्कीले यसले क्षतिपूर्ति रकममा ठूलो मात्रामा वृद्धि हुने बताए। मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्बाट पारित हुने अन्तिम चरणमा छ।  

यसका साथै मन्त्रालयले वन्यजन्तुको आक्रमणबाट अपाङ्ग भएका व्यक्तिलाई, अस्पतालबाट डिस्चार्ज भएको ३५ दिनभित्र मृत्यु व्यक्तिलाई दिनुपर्ने क्षतिपूर्ति थप गरेकाले र गाई भैँसीको मृत्युमा दिने रकम दोब्बर गरेका कारण पनि राहत रकम बढने देखिन्छ। विभागले उपलब्ध स्रोत साधन र बजेटमा आधारित भएर रोकथाका काम गरिरहेको निमित्त महानिर्देशक कार्कीले बताए। रासस