रोल्पामा बस दूर्घटना हुँदा दुई जनाको मृत्यु, मृतकको संख्या बढ्न सक्ने

 रोल्पा - सहिदमार्गको तिला बजार नजिकै रिसि घुम्ती भन्ने ठाँउमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

रोल्पाको बाघमारा देखि दाङको घोराहीतर्फ जाँदै गरेको ना ५ ख २६१२ नं। को बस रोल्पाको तिला बजार नजिकै रिसि घुम्तीमा मंगलबार दिउँसो करिब १२स्३० बजेको समयमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी करिब सात जना गम्भीर घाइते भएको जनाइएको छ । घाइतेको उद्धार कार्य भइरहेको रोल्पा प्रहरीले जनाएको छ ।

बस सडकबाट करिब १०० मिटर तल खसेको छ । केही यात्रु बसले च्यापिएको हुँदा मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ । थप विवरण आउन बाँकी छ ।