विश्व लगानी कर्ता सप्ताहको अवसरमा धितोपत्र बोर्डको प्रभातफेरी

धितोपत्र बोर्डले विश्व लगानी कर्ता सप्ताहको अवसरमा शनिवार प्रभातफेरी गरेको छ । काठमाडौंमा बोर्डले विश्व लगानी कर्ता सप्ताहको अवसरमा प्रभातफेरी गरेको हो ।

विश्व लगानी कर्ता सप्ताहको छैटौं दिनमा आयोजित प्रभातफेरी कार्यक्रमको धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले शुभारम्भ गर्नुभएको थियो । भृकुटीमण्डपबाट आयोजना भएको प्रभातफेरी कार्यक्रम शहीदगेट हुँदै न्युरोड—वसन्तुपुर पुगेर समाप्त भएको थियो।

लगानीकर्ताको लचकता, वित्तीय औजार, दिगो वित्त र लगानीको आधार भन्ने नारासहित यस पटक विश्व लगानी कर्ता सप्ताह मनाइँदै छ । बोर्डले सो अवसरमा देशभर नै सचेतनामुलक कार्यक्रम र प्रशिक्षण कार्यक्रमको आयोजना गर्दै आएको छ ।