सप्तरीमा घरमै पसेर भारतीय नागरिकले गोली चलाउँदा ६५ वर्षीय वृद्ध घाइते

सप्तरी - सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर १३ गोबरगाढा टप्पुमा भारतीय नागरिकले चलाएको गोली लाागेर ६५ वर्षीय महेन्द्र पासवान घाइते हुनुभएको छ ।

हिजो बेलुका झण्डै साढे ६ बजेतिर पासवानको घरमै घुसेर एक भारतीय नागरिकले गोली हानेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पासवानको घुँडामा गोली लागेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो। गोली हान्ने व्यक्ति भागेका छन् । उनको खोजी भइरहेको  छ ।