ट्राफिकविरुद्ध आन्दोलनमा यातायात व्यवसायी, यस्ता छन् १६ बुँदे माग

 काठमाडौँ - सार्वजनिक यातायात सुधारका लागि यातायात श्रमिकसम्वद्ध तीनवटा संगठनहरुले काठमाडौं उपत्यका ट्राफिक प्रहरीविरुद्ध संयुक्त आन्दोलन गर्ने तयारी गरेको छ । जथाभावी सवारी चालक अनुमतिपत्र निलम्बन गर्ने र चर्को जरिवाना तोकेको भन्दै विभिन्न मागसहित आन्दोलन गर्ने तयारी गरेको हो ।  

१. भौतिक पूर्वाधारसँग जोडिएका कारण नेपालको यातायात क्षेत्र मन्त्रालयविहीन र भद्रगोल बनेको छ । जनताले सुलभ, भरपर्दो, गुणस्तरीय र सुरक्षित सेवा पाएका छैनन् । यातायातलाई व्यवस्थित गर्ने अख्तियारी पाएको यातायात व्यवस्था विभाग र यातायात व्यवस्था कार्यालयहरु आफै अस्तव्यस्त र अनियमिततामा चुर्लुम्म डुबेका छन् ।

२. ऐन पालना गराउने ट्राफिक प्रहरी आफै ऐनविपरीत चालकहरुको लाइसेन्स निलम्बन गरिरहेको छ । जरिवानासम्बन्धी कानुनी व्यवस्थालाई दुरुपयोग गर्दै आर्थिक असुली धन्दा चलाइरहेको छ । प्रदुषण जाँचका नाममा पाँच हजारदेखि एक लाख जरिवानाको त्रास फैलाएर मै राज्य हुँ, मै कानुन हुँ जस्तो गरी सडक आतंक मच्चाइरहेको छ ।