दिनदिनै गर्मी बढ्दै, भैरहवाको तापक्रम झण्डै ३७ डिग्री सेल्सियल्स

काठमाडौं । देशभर तापक्रम बढेको छ । केहि दिनदेखि मौसम बदली नहुदा र पानी नपर्दा देशैभरको तापक्रम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले विहानैदेखि बेलुकासम्म चर्को घाम लाग्न थालेको छ । घाम लाग्न थालेसँगै गर्मी बढ्न थालेको महाशाखाको भनाई छ । आज सामान्यतया मौसम सफा रहनेछ।

पहाडी क्षेत्रमा बेलुकीपख आंशिक बदली भएर एक/दुई ठाउँमा हल्का पानी पर्न सक्ने अनुमान गरिएको छ ।

शनिबार भैरहवाको अधिकतम तापक्रम ३६ दशमलव ९ डिग्री सेल्सियस पुगेको थियो ।

यस्तै, जनकपुरको ३६ दशमलव ८, सिमराको ३५ दशमलव ४, नेपालगञ्जको ३५ दशमलव २, दीपायलको ३३ दशमलव ८, धनगढीको ३३ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ । काठमाण्डौको अधिकतम तापक्रम भने हिजो २९ डिग्री सेल्सियस थियो ।