आजको मौसम : अझै केही गर्मी यथावत् रहने,सचेत रहन मौसम बिभागको निर्देशन 

काठमाडौँ - हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । कोशी प्रदेश लगायत बागमती, लुम्बिनी, गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित क्षणिक वा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

राति पनि देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागको एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।