श्रीमती हत्या आरोपमा श्रीमानसहित चार जना पक्राउ

सिराहा गोलबजार नगरपालिका - ६ स्थित एक होटलमा भएको महिला हत्याको अनुसन्धानको क्रममा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी छ। ३५ वर्षकी अनिताकुमारी साहको हत्या आरोपमा उनका श्रीमान महेन्द्रकुमार साहसहित चारजना छन् ।

सिराहा प्रहरी प्रमुख एसपी सन्तोष आचार्यका अनुसार अनुसन्धानको क्रममा मृतक अनिताकुमारी साहकी श्रीमानसहित अर्का एक पुरुष र दुई महिला गरी नियन्त्रणमा लिएको बताए । उनका श्रीमान महेन्द्रकुमार यसअघि पनि शरीर बन्धक र बलात्कार मुद्दामा तीन वर्ष जेल सजाय भुक्तान गरिसकेको अनुसन्धानको क्रममा रेकर्डमा देखिएको प्रहरीले जनाएको छ।