आज आइतवार शेयर बजारमा ३ पटक 'सर्किट ब्रेक' लागेकाे छ । तेस्राे पटक सर्किट ब्रेक लाग्दा शेयर बजार परिसूचक नेप्से ६ प्रतिशतले बढेपछि आजलाई काराेबार बद्दद भएकाे छ ।
आज बजार खुलेकाे ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलाे सर्किट ब्रेक लागेकाे थियाे । ११ बजेर २५ मिनेटमा खुलेकाे बजार २ मिनेटमै ५ प्रतिशतले बढेपछि दाेस्राे सर्किट ब्रेक लागेर ४० मिनेटका लागि काराेबार राेकिएकाे थियाे । त्यसपछि फेरि १२ बजेर ७ मिनेटमा खुलेकाे बजार ६ प्रतिशतले बढ्दै सर्किट ब्रेक लागेपछि आजका लागि काराेबार भन्द भएकाे हाे ।
याेसँगै आइतवार शेयर बजार परिसूचक नेप्से १ सय ११ दशमलव २० अङ्कले बढेर १ हजार ९ सय ६३ दशमलव ९८ विन्दुमा पुगेकाे छ । आज ९ मिनेटकाे काराेबारमा १३ लाख कित्ता शेयर ४८ कराेड २४ लाख रुपैयाँमा काराेबार भयाे ।
माैद्रिक नीतिकाे पहिलाे त्रैमासिक समीक्षापछि शेयर बजार बढेकाे हाे । शेयर धितोमा जाने कर्जाको जोखिमभार १ सय ५० प्रतिशतबाट झारेर १ सय २५ प्रतिशत कायम गरेसँगै लागनीकर्तामा उत्साह देखिएकाे हाे ।