विनानिष्कर्ष टुंगियो मिटरब्याजपीडितसँगको वार्ता कुनै सहमति भएन

पुर्व काँकडभिट्टा र पश्चिम गड्डाचौकीबाट २३ दिन पैदल हिँडेर ९ फागुनमा काठमाडौं आइपुगेका मिटरब्याजपीडित  फागुन ११ देखि निरन्तर सडक आन्दोलनमा छन् । सरकारसँग १८ दिनमा तिनपटक वार्ता भएपनि सफल हुन सकेको छैन ।

गत आइतबार भएको वार्तापनि विनानिष्कर्ष टुंगिएको छ। १३ फागुनमा गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पन्डितको नेतृत्वमा वार्ताटोली गठन भएकै दिन पीडित पक्षसँगको वार्ता तर, सहमति नभएपछि फागुन २४ मा दोस्रो पटक वार्ता , फेरिपनि वार्ता सफल नभएपछि आइतबारको तेस्रो वार्ता भएकोमा कुनै सहमति भएन ।