कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता

 काठमाण्डौँ । नवलपरासी बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका–३ कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् ।

गैँडाकोट नगरपालिका–३ हर्दी केलादीस्थित कालीगण्डकी नदीमा नुहाउन गएका दुई जना डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापू्र्वका सूचना अधिकारी सन्तोष पाठकले बताए ।

नदीमा डुबेर गैँडाकोट नगरपालिका–२ शिलान्यास चोक बस्ने २५ वर्षका रमेश चालिसे र चितवनको रत्ननगर नगरपालिका–२ टाँडी बस्ने २४ वर्षका सुरज सुवेदी रहेका छन्। गर्मी छल्न भन्दै नदीमा नुहाउन जाँदा अप्रिय घटना बढ्न थालेका छन् । बेपत्ता भएका दुवै जनाको खोजीका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको र हालसम्म अवस्था पत्ता लाग्न नसकेको सूचना अधिकारी पाठकले बताए।