मनाङ एयरको हेलिकप्टर दुर्घटना: पाँचजनाको शव फेला, एकजनाको अवस्था अज्ञात

काठमाडौँ - सोलुखुम्बुको लम्जुरामा दुर्घटनामा परेको मनाङ एयरको जहाजमा सवार पाँचजना यात्रुको मृत्यु भएको छ ।

लिखुपिके गाउँपालिका–५ स्थित लम्जुराडाँडामा दुर्घटनामा परेको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको हो ।

उनीहरूको शव जलेको अवस्थामा भेटिएको हो । पाइलट सीबी गुरूङसहित ६ जना यात्रु हेलिकप्टरमा सवार थिए ।

एकजनाको अवस्था अज्ञात छ ।