दुर्घटनामा परेको मनाङ एयरको हेलिकप्टरमा सवार यात्रुहरू

काठमाडौं - सोलुखुम्बुबाट काठमाडौँ उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुकै लामाजुरामा दुर्घटनामा परेको छ ।

नाइन एनए–एमभी कलसाइन भएको हेलिकप्टर उडेको केहीबेरमा नै सम्पर्कविहीन भएको थियो । मौमस खराबीका कारण हेलिकप्टर दुर्घटना भएको अनुमान गरिएको छ । सवार ६ जनाकै मृत्यु भएकाे छ ।