आज नेप्से २७.९० अंकले घट्यो, १० अर्ब २१ करोडको सेयर कारोबार

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २७.९० अंकले घटेको छ । यसदिन नेप्से परिसूचक ०.९७ प्रतिशतले घटेर २८२२.४६ विन्दुमा बन्द भएको हो । सोमबार कारोबार रकम भने बढेको छ । १० अर्ब २१ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । गएको बिहीबार आठ अर्ब ५३ करोड ७५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । 

आज रिभर फल्स पावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । शिवम् सिमेन्टको सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री भएको छ । यो कम्पनीको ५३ करोड ८८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । यसदिन कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फन्ड  र ‘अन्य’ समूहको परिसूचक बढेको छ ।