दाङमा सामूहिक बलात्कार, ३ जना पक्राउ

 काठमाडौँ - दाङमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ। बलात्कार आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

२९ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१७ बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरीसहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुले ती माहिलालाई बेलभार चोकदेखि करिब १ सय मिटर पश्चिममा रहेको खाली जग्गामा लगी बलात्कार गरेको पाइएको प्रहरीले जनाएको । सामूहिक बलात्कार भएको उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट चौघेराबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि बलात्कार कसुरमा अनुसन्धान अघि बढाइएको छ ।