ललिता निवास प्रकरण : समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल पक्राउ

काठमाडौँ - बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो ।

पौडेल पक्राउ परेसँग हालसम्म यो प्रकरणमा पक्राउ पर्नेको संख्या १७ जना पुगेको छ ।