बलात्कार आरोपमा सुर्खेतबाट एक युवक पक्राउ

सुर्खेतमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१, सोलीघोप्टेका २३ वर्षीय सुरेशकुमार आचार्य छन् ।

२७ वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । सोमबार (साउन २६) उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।