नापी कार्यालय कलंकीका कार्यालय सहयोगी एकेन्द्र कुँवर १३ हजार घुससहित पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई पक्राउ गरेको छ। उनलाई अख्तियारको टोलीले १३ हजार घुससहित सोमबार नापी कार्यालयबाटै पक्राउ गरेको हो।

चन्द्रागिरी नगरपालिका-१३ नम्बरमा रहेको जग्गा नयाँ पुर्जा बनाउने प्रयोजनका लागि घुस लिएको रकमसहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। उनका अनुसार कुँवरको १ थान र  कार्यालय प्रमुखको २ थान मोबाइलसमेत बरामद गरिएको छ।