यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ - नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरोको भाउ घटेर खरिददर १३९ रुपैयाँ ४० पैसा र बिक्रीदर १४० रुपैयाँ ०४ पैसा निर्धारण गरेको छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५८ रुपैयाँ २८ पैसा ,अष्ट्रेलियन डलर एकको खरिद ८६ रुपैयाँ १५ पैसा र बिक्रीमा ८७ रुपैयाँ ५५ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९४ रुपैयाँ ७१ पैसा र बिक्रीमा ९५ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ७० पैसा र विक्रीमा १० रुपैयाँ ७५ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ८९ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ०५ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९२ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ९८ पैसा र बिक्रीदर २९ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।