माईतीघर मण्डलामा भ्रष्टाचार विरूद्ध प्रदर्शन

 काठमाडौँ - नागरिक अगुवाहरुले भ्रष्टाचारबिरुद्ध प्रदर्शन गरेका छन् ।

शनिबार काठमाडौंको माईतीघर मण्डलामा भ्रष्टाचारीहरुलाई तत्काल कानूनी दायरामा ल्याइ कारबाही गर्न माग गर्दै बिरोध प्रदर्शन गरेका हुन् । नागरिक अगुवासहितको टोलीले माईतीघरमा जम्मा भएर भ्रष्टाचार बिरोधी विभिन्न सांगीतिक प्रस्तुती समेत दिएका थिए ।

बिरोध प्रदर्शनमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आसिम शाहले आफूले यस प्रकरणको बारेमा संसदमा पनि आवाज उठाएको बतारउनुभयो । अहिले नागरिकस्तरबाट आवाज आइरहेकाले सशक्त रुपमा सदन र सडकमा उभिएको उनले बताए । उनले राजनीतिको परिभाषा नै पैसा कमाउने हो भन्ने प्रवृत्ति देखिएकाले यस्तो प्रवृत्ति चिर्न आवश्यक रहेको बताए ।