दाईले आमालाई गाली गर्दा भाइले गरे हत्या

काठमाडौँ -  एकजना भाइले आफ्नै दाइको हत्या गरेका छन् । काठमाडौं महानगरपालिका २३ ओमबहाल माथेमा चोकमा २५ वर्षीय सुरज शाक्यले ४५ वर्षीय दाइ सूर्य शाक्यको हत्या गरेका हुन् ।

दाइले आमालाई गाली गरेपछि सुरजले हतौडा प्रहार गरी दाइ सूर्यको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । मंगलबार बिहान प्रहरीले सुरजलाई पक्राउ गरेको छ ।