पायल्स हुदा के खाने के नखाने ? बिरामीले विशेष ध्यान दिनुहोस् यी कुरामा

काठमाडौं - सामान्य भाषामा पायल्स भनेको त्यस्तो रोग हो जुन मलद्धारसँग सम्बन्धित छ । जसमा गुद्वारको बाहिरी र भित्री भागमा मुसाजस्तो मासु पलाउने गर्दछ । 
मानिसहरुको विभिन्न  जीवनशैलीसंगै खानपानले गर्दा थुप्रैलाई आजकाल धेरै प्रकारको रोग लाग्ने गरेको देखिन्छ । जसमध्ये पायल्स रोग धेरै मानिसहरुको समस्या भएको देखिन्छ  ।

पायल्स के कारणले हुन्छ ? 

 कब्जियत नै यसको मुल कारण हो । जब कब्जियत हुन्छ, दिसा गर्दा बल पर्छ । त्यही बलले गुद्वार भित्रका रक्तशिरालाई तन्काइ दिन्छ । यो क्रमस फैलन थाल्छ र गिर्खा बन्न थाल्छ । त्यसैले यसबाट बच्नका लागि कब्जियतको समस्या आउन दिन हुँदैन ।
अनियमित खानपान पनि यसको कारण हुनसक्छ । जस्तो कि भोक लागेको बेला नखाने, राती अबेर खाने, आवश्यक्ताभन्दा बढी खाने बानीले कब्जियत रोग पैदा गर्छ ।

कब्जियत आउन नदिनका लागि के गर्ने ? 

खानपानमा सर्तकता अपनाउने गर्नुेपर्छे ,
अपच हुने खानेकुराहरु, जस्तो कि मैदाबाट बनेका, प्याकेटमा राखिएका, तारेका, भुटेका, जंक फूड, मसलेदार, मासुजन्य खानेकुरा नखाने,
हरेक दिन शारीरिक व्यायाम गर्ने, 
आफ्नो पिसाबले गद्द्वार धुने, 

पायल्स भएको कसरी थाहा पाउन सकिन्छ  ?

 दिसा गर्दा रगत आउने,
 मलद्वारमा मासु पलाउने, 
दुख्ने, सुन्निने र चिलाउने 
यो रोग लाग्दा  कसैलाई रगत आउँछ भने कसैलाई आउँदैन ।
पायल्स भएको ब्यक्तिले कस्तो खानेकुरा खाने कस्तो नखाने 
पानी प्रशस्त पिउने

kfoN; ePsf] AolQmn] s:tf] vfg]s'/f vfg]
हरियो सागपात काँचै खाने, 
फलफुल खाने, 
चोकरसहितको गहुँको पिठो, 
रोटी, 
जौ, 
ब्राउन राइस, 
मुगको दाल खाने ।
खानासंग मुला, 
काँक्रो, 
गाँजर खाने,
 नरिबल,
 अनार,
 स्याउ,
 कसैलाई मुलाको बिउ कुटेर तोरीको तेलमा फिटेर दिसा गरिसकेपछि लगाउँदा निको हुन्छ । कसैलाई फिटकिरी एक टुक्रा राखेर दश लिटर जति पानीमा दिनको दश मिनेट बस्दा धेरै आराम मिल्छ । नियमित रुपमा योग गर्दा पनि सन्चो हुन्छ । यो समस्याको नआत्तिइकन उपचार गर्नुपर्छ । औषधि उपचारबाट निको हुन केही समय लाग्न सक्छ । शल्यक्रिया पनि अन्तिम उपचार भने होइन । कहिलकोही शल्यक्रियापछि पनि समस्या बल्झिएको र निको नभएको पाइन्छ ।

के नखाने ?

पिरो, चिल्लो तथा मसला बढी भएको, माछामासु, बासी खानेकुरा, कालो दाल, अदुवा, अमिलो, चना, भन्टा, आलु, बोतलबन्द कुराहरु, पूरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, चुरोट रक्सी जस्ता चिज उपभोग नगर्ने, स्त्री सम्भोग कम गर्ने, खाली पेट नबस्ने, बिहान अबेरसम्म नसुत्नेलगायतका कुरामा ध्यान दिए पायल्स हुनबाट बचिन्छ ।  भइसकेपछि पनि छिटो निको हुन्छ ।