झापामा अबिरल बर्षाले जनजीवन प्रभावित

 काठमाण्डौँ - अविरल वर्षाका कारण झापाको जनजीवन प्रभावित बनेको छ ।  निरन्तर भारी वर्षाले जिल्लाका ठूला तथा साना नदीसँगै खोला,पैनी,नालीहरूमा पानीको सतह बढेपछि डुवान र कटानका कारण स्थानीयबासी प्रत्यक्ष प्रभावित बनेका हुन् ।

यसैबीच अदुवा खोलामा पानीको जलस्तर बढेपछि बाह्रदशी गाउँपालिका– २ स्थित सुकुमबासी बस्तीका ४५ घरधुरीका १५० जनालाई बिहीबार सुरक्षित स्थानतर्फ सारिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।