यातायात मजदुर आन्दोलन : ८ करोडभन्दा बढीको मोबाइल लुटिए !

काठमाडौँ - यातायात मजुदुरले सोमबार नयाँ बसपार्क तथा माछापोखरी क्षेत्रमा गरेको आन्दोलनको क्रममा मोबाइल पसलहरुमा लुटपाट समेत भएको छ ।

मजदुरहरुले प्रर्दशनसहित आन्दोलन गर्ने क्रममा सोमबार साँझ नयाँ बसपार्कको ल्होत्से मलमा एक हुल आन्दोलनकर्ता प्रवेश गरी पसलहरु तोडफोड गरेर मोबाइल लुटेको मोबाइल नेपाल मोबाइल ब्यवसायी संघले दाबी गरेको छ । उक्त क्रममा यातायात मजदुरले ८ देखि १० करोड रुपैयाँसम्मको मोबाइलमा क्षति पुर¥याएको तथा लुटपाट गरेको संघको दाबी छ ।