आजदेखि व्यक्तिगत घटना दर्ता सप्ताह सुरु

 काठमाडौँ - देशभर शुक्रबारबाट व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ । सरकारले एक वैशाखदेखि एक साता व्यक्तिगत घटना दर्ता सप्ताह चलाएको हो ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरूक गराउन सप्ताहव्यापी अभियान सुरु गरेको हो । शुक्रबारदेखि ७ वैशाखसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन भएको छ ।