स्रोत नखुलेको नौ लाख रुपैयाँसहित प्रहरीले काठमाडौंको न्युरोडबाट एक युवतीलाई पक्राउ गरेको छ। गोरखाको पालुङटार नगरपालिका–१० घर भएकी १९ वर्षीया करिना देवकोटालाई प्रहरी वृत्त जनसेवाले आइतबार पक्राउ गरेको हो।
उनीसँग बरामद रकम हुन्डीको कारोबारबापत भएको प्रहरीले जनाएको छ। उनको साथबाट ६ लाखको चेक पनि बरामद भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए।