कागबेनीमा बाढीः सडक, पुल र घर बगायो

म्याग्दी - मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीले यहाँको भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ । आइतबार साँझ आएको बाढीले यहाँका घर, सडक एवं सार्वजनिक भवनमा क्षति पुर्‍याएको हो ।