लुम्बिनीमा सबै मन्त्रालय संरचना तीन बर्षमा तयार हुने

दाङ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेशको राजधानी व्यवस्थापनको चरण प्रारम्भ भएको बताएका छन् ।

प्रदेश सरकारका प्रशासनिक भवनको शिलान्यास गर्दै मुख्यमन्त्री गिरीले भने, ‘राजधानी व्यवस्थापनको चरणको प्रारम्भ भएको छ । सरकारले प्रशासनिक भवन निर्माण कार्यको प्रारम्भ गरेको छ । यो कार्यलाई समय मै सम्पन्न गर्नेछौँ ।’ राजधानीको निर्णय कार्यान्वयनका क्रममा सरकारले थुप्रै समस्या बेहोरेको गिरीले बताए ।

प्रदेशको राजधानीलाई मुलुककै नमुना र उत्कृष्ट बनाउने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री गिरीले सबैको आपसी सहयोगले मात्रै यो कार्यले पूर्णता पाउने बताए । उक्त अवसरमा निर्धारित मुख्यमन्त्री गिरीले समयमा निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।