सरकारले वैदेशिक अध्ययन अनुमति पत्र एनओसीमा कडाई गर्ने

काठमाडौँ - सरकारले वैदेशिक अध्ययन अनुमतिपत्र नो अब्जेक्सन लेटर–एनओसीमा कडाई गर्दै झुटा विवरण पेश गर्नेलाई कारबाही गर्ने भएको छ ।

सरकारले एनओसी प्राप्त गर्न केही प्रावधानसहित नयाँ निर्देशिका जारी गरेको हो । नयाँ निर्देशिका अनुसार विदेश पढ्न अनुमति लिने चरण, शिक्षण संस्था र विषय छनोट, विदेशी मुद्रा सटही लगायतका प्रक्रियामा कडाई गरिएको हो । 

गत फागुन १८ मा स्वीकृत निर्देशिकामा उच्च शिक्षा स्नातक र त्यसभन्दा माथि अध्ययनका लागि मात्रै एनओसी दिने उल्लेख गरिएको छ । तर पछिल्ला वर्ष भाषा, तालिम र डिप्लोमा कोर्स गर्न पनि एनओसी लिएर विदेशीनेको संख्या बढ्न थालेपछि कडाई गरिएको जनाइएको छ ।