मधेश प्रदेशमा हर्षोल्लासका साथ जुडशीतल पर्व मनाइँदै

काठमाडौँ - मधेश प्रदेशमा हर्षोल्लासका साथ शनिबार जुडशीतल पर्व मनाइँदैछ ।

प्रत्येक वर्षको वैशाख २ गते बिहानैदेखि गाउँगाउँमा आफू भन्दा सानाको शिरमा जल थप थपाएर आशिर्वाद लिने दिने गरिन्छ । बुबा आमा, गुरु, मान्यजन र ज्येष्ठ सदस्यले आफू भन्दा सानाको शिरमा जल राखेर जल सिंचित गरी आशिर्वाद दिंदै यो पर्व मनाउने चलन रहेको छ ।

वर्षभरी शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु र प्रगति होस् भन्ने ठूलाबडा र जेष्ठ सदस्यले आफू भन्दा सानालाई आशिर्वाद दिने गर्छन् । आजका दिन रुख विरुवामा पानी हाल्नुका साथै खेतबारीमा मलजल गर्ने परम्परा समेत रहेको छ ।