आजबाट बैदेशिक रोजगारीबाट फर्केकाले दुईवटा मोबाइल ल्याउँदा भन्सार नलाग्ने

काठमाडौँ - आजबाट बिदेशवाट फर्केका नेपालीले २ वटासम्म मोबाइल ल्याउन पाउने भएका छन्। दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आज जेठ १ गतेबाट लागू गरे पछि दुईवटासम्म मोबाईल नेपाल ल्याउन पाउने भएका हुन्।

‘श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्किएका नेपाली नागरिकले थप १ थान मोबाइलसमेत ल्याएमा कुनै महसुल नलाग्ने गरी वैशाख २६ गतेको मन्त्रिपरिषद्बाट निर्णय भएको छ,’ भन्सार विभागले जारी गरेको सुचनामा भनिएको छ। तर, यो सुबिधा बैदेशिक रोजगारीबाट फर्केकाले मात्र पाउने बिभागको भनाइ छ।