लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने १४९ जना चालक पक्राउ

काठमाडौं - लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने १४९ जना चालक पक्राउ परेका छन् ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको चेकिङको क्रममा आर्थिक वर्ष २०७९/८० मा १४९ जना चालक पक्राउ परेका हुन् । पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी वृत्तहरूमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।