नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी विनिमयहरुको दर निर्धारण गरेको छ। भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ। त्यस्तै अमेरिकी डलर १ को १ सय २० रुपैयाँ १ पैसामा खरिद तथा १ सय २० रुपैयाँ ६१ पैसामा बिक्री गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै, १ युरोको खरिद दर १ सय ३६ रुपैयाँ ७४ पैसा तथा बिक्री १ सय ३७ रुपैयाँ ४३ पैसा तोकिएको छ।