आजदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु

 काठमाण्डौँ - सरकारले आजदेखि देशभर विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ विद्यार्थी भर्ना अभियान सुरु भएको हो ।

विगतका वर्षहरुमा गरिएका प्रयासबाट भर्ना दर उत्साहजनक रहेको तर विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा ल्याउन नसकिएको अवस्थामा भर्ना अभियानलाई थप प्रभावकारी बनाउने शिक्षा मन्त्रालयले जनाएको छ । 

भर्ना अभियान वैशाख १५ गतेसम्म सञ्चालन हुनेछ । यसपटक विद्यार्थीलाई भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक  दिने  पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । यसवर्ष कक्षा ५, ८ र १० का नयाँ पाठ्यक्रमअनुसारका पाठ्यपुस्तक छापिएका छन् ।