रौतहटमा दुइ पक्षबीच झडप हुँदा एक जनाको मृत्यु, चार जना घाइते

रौतहट - रौतहटको गढिमाइ नगरपालिका वडा नं ८ धोबिनिया टोलमा हिजाे साँझ बाटो बिस्तारको बिषयलाइ लिएर दुई छिमेकीबीच भएको झडपमा गोली चल्दा स्थानीय राजकुमार यादवको मृत्यु भएको छ । सो घटनामा अन्य चार जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय गरुडाका अनुसार मृतक यादबको टाउकोमा गोलि लागी मृन्यु भएको र अन्य चार जना सामान्य घाइते भएका छन् ।

घटनामा संलग्नमध्ये नौ जनालाइ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक छेदिलाल कामतिले बताए ।