५ लाख ७० हजार घुससहित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयका इन्जिनियर सन्तोषकुमार यादव पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख ७० हजार रुपैयाँ घुससहित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयमा कार्यरत इन्जिनियर सन्तोषकुमार यादवलाई पक्राउ गरेको छ ।

आयोगको टोलीले इन्जिनियर यादवलाई घुस रकमसहित भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१, लोकन्थलीबाट बिहीबार (जेठ १) साँझ पक्राउ गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

खोटाङमा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टंगाल कार्यालयबाट गएको टोलीले इन्जिनियर यादवलाई पक्राउ गरेको हो । आरोपित यादवलाई पक्राउ गरी थप अनुुसन्धान भइरहेको आयोगले जनाएको छ ।