दैलेखमा चट्याङ लागेर चार जना घाइते

दैलेख- दैलेखमा चट्याङ पर्दा एकै परिवारका चार जना घाइते भएका छन्। 
राति सुतिरहेका बेला साढे १० बजेतिर चट्याङ लागेर उनीहरू घाइते भएका हुन्।

घाइते हुनेहरूमा डुंगेश्वर गाउँपालिका-२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरीले जानकारी दिए।

उनीहरूलाई आइतबार राति नै एम्बुलेन्सबाट उपचारका लागि दैलेख अस्पताल पुर्‍याइएको छ। चारै जनाको अवस्था खतरामुक्त रहेको दैलेख अस्पतालका इञ्चार्ज डाले बताएका छन् ।