आजको मौसम : देशभर वर्षाको सम्भावना, बागमती  र गण्डकीमा भारी वर्षा हुने

काठमाडौँ - हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहेको छ ।  साथै मधेस प्रदेश बाहेकका अन्य सबै प्रदेशहरूमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका एक(दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

मधेस प्रदेश लगायत कोशी प्रदेशका तराई भू(भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ । आज राति भने मधेस र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती  र गण्डकी प्रदेशका एक(दुई स्थानहरूमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।