गायिका अञ्जु श्रेष्ठले लिएर आइन् तीजको लहर (भिडियोसहित)

काठमाडौँ - गायिका अञ्जु श्रेष्ठले हरेक वर्ष तीजको गीत लिएर आउने गर्छिन् । यसपटक पनि उनले तीजको लहर लिएर आएकी छिन्। विगत ६र७ वर्षदेखि उनी नियमित रुपमा तीज गीत लिएर आउने गरेकी छिन् ।

अञ्जु श्रेष्ठले यस वर्ष तीजको युगल गीत बनाएकी छिन्। विगतका वर्षहरुमा एकल स्वर लिएर आउने गरेकी अन्जुले यस पटक बिना भट्टराईलाई पनि साथ लिएकी छिन्। यस पटकको तीज गीतमा आफ्नो स्वर दिनुका साथै बिना भट्टराईले शब्द पनि लेखेकी छिन् ।

संगीत भने मीन गुरुङले गरेका छन् । गीतमा एरेन्ज भने सुदिप सागरले गरेका छन्। गीतको मिक्सीङ एवं मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन् ।