घुस लिएको आरोपमा पोखरा महानगरपालिकाका इन्जिनियर शिव बराल पक्राउ

घुस लिएको आरोपमा पोखरा महानगरपालिकाका इन्जिनियर शिव बराल पक्राउ परेका छन् । घर नक्सा शाखाका इन्जिनियर बराललाई अख्तियार कार्यालय पोखराले पक्राउ गरेको हो । गत चैत २८ गते साँझ पोखरा १० का सेवाग्राहीसँग घर नक्साकै विषयमा घुस लिएपछि महानगरपालिकाकी इन्जिनियर उषाकिरण रोकाया रंगेहात पक्राउ परेकी थिइन् । उनी सहित गोदार कन्सल्टेन्सीका सहयोगकी सुरज कुँवर डेढ लाख घुससहित पक्राउ परेका हुन् ।

सोही विषयमा अनुसन्धान गर्दा बरालको पनि संलग्नता देखिएको अख्तियारको आरोप छ । अख्तियार पोखराका सूचना अधिकारी जगदीश शिवाकोटीका अनुसार बराललाई पक्राउ गरेर केन्द्रीय कार्यालय टंगाल पठाइएको छ ।