धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार ४.९८ अंकले बढेको छ । साताको पहिलो दिन नेप्से ०.१८ अंकले बढेर २७५३.७६ को विन्दुमा पुगेको छ । यस दिन दुई करोड ४४ लाख २६ हजार ९०० कित्ता सेयर ११ अर्ब ७२ करोड ६७ लाख रुपैयाँबराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । कारोबारमा रहेका १३ उपसमूहमध्ये नौ समूहको समूहगत परिसूचक बढेको छ । चार उपसमूहको समूहगत परिसूचक घटेको छ ।
१४५ कम्पनीको सेयर मूल्य बढेको छ । ९२ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ । सबैभन्दा धेरै कमाउने उन्नति सहकार्य लघुवित्त र स्वाभिमान लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउने समृद्धि फाइनान्स कम्पनी लिमिटेड र गुराँस लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।