images

नयाँ सरकारका लागि डिजिटल शासन र भ्रष्टाचार नियन्त्रण गर्ने मार्गचित्र

काठमाण्डौं। सुशीला कार्की नेतृत्वको नागरिक सरकारले झन्डै दुईतिहाइ सिटको जनादेशमा बन्न लागेको नयाँ सरकारलाई सुशासनको मार्गचित्र तयार गरिदिएको छ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका शासकीय क्षेत्र हेर्ने सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठित १५ सदस्यीय उच्चस्तरीय समितिले संसदको नियमित कार्य गर्नुपर्ने सुधारका विषय समेटेर ब्लुप्रीन्ट तयार पारेको हो।

डिजिटल शासन र भ्रष्टाचार नियन्त्रण गर्न राजनीतिक हस्तक्षेप घटाउँदै पारदर्शी , उत्तरदायी र परिणाममुखी शासनमार्फत जनअपेक्षा सम्बोधन गर्न भावी सरकारलाई चुनावी सरकारले सिफारिस गरेका छन् ।

बुधबार ४ चैत २०८२ १०:४३ AM मा प्रकाशित

प्रतिक्रिया