महालेखा परीक्षकमा तोयम राया नियुक्ति

महालेखा परीक्षकमा तोयम राया नियुक्त भएका छन् । राष्ट्रपतिले बिहीबार रायालाई महालेखा परीक्षक पदमा नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले संवैधानिक परिषद्को सिफारिसमा नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम पदमा नियुक्त गरेको विज्ञप्तिमार्फत राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएका छन् ।

Bigyapti-1713421424.jpg