मधेसका तत्कालीन अर्थमन्त्री विजय कुमारसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले सागरनाथ वन परियोजनाको जग्गामा पोखरी निर्माण गरी भ्रष्टाचार गरेको आरोपमा उनी सहित बागमती नगरपालिकाका मेयर भरत थापा, पूर्वप्रमुख लिलाकुमारी मोक्तान लगायत ८ जना माथि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरूमाथि ५६ करोड रुपैयाँ बिगो मागदाबी छ ।