बिनु यादव नौं दिनदेखि आमरन अनसनरत, माग सम्बोधन नभएको गुनासो 

 काठमाडौँ - माइतीघर मण्डलामा अनसन बसेको नौ दिन बितिसक्दा पनि बिनु यादवको मागका बारेमा सरकारले अझै कुनै सम्बोधन गरेको छैन् ।

प्रहरीले पालसमेत टाँग्न नदिए पछि खुल्ला आकासमा ९ दिनदेखि न्यायको माग गर्दै अनसनरत यादवको मागका बारेमा सरकारले कुनै सम्बोधन नगरेको हो । ‘आज सत्याग्रहको नवौ दिन न्याय नलिई  यहाँबाट नउठ्ने निर्णय गरे’ उनले भनेकी छिन् ।

‘माइतीघर मण्डलामा ९ दिन देखी न्यायका लागि अनसनरत छु तर पाल पनि प्रहरीले टाँग्न नदिए पछि खुल्ला आकासमा रात कटाउँदै आएको छु,’ कठायतले भन्दै आएकी छिन्, ‘तर, सरकारले मेरा मागका बारेमा अझै पनि कुनै सम्वोधन गरेको छैन् ।’ हावाहुरीसँगै भिषण वर्षा भएपछि नजिकैको रेष्टुरेन्टमा ओत लागेर रात कटाउनु परेको परेको पीडा उनले सुनाएकी छिन् ।

गत २७ बैशाख देखी अनसनरत कठायतको मागका बारेमा गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत र काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख श्याम उपाध्यायले भेटघाट गरेर गए पनि माग सम्वोधनका बारेमा कुनै खबर नगरेको उनको भनाइ छ ।