आजदेखि सामुदायिक बिद्यालय अनिश्चितकालीन बन्द !

 काठमाडौँ - आजदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्द हुने भएको छ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्द गर्न लागेको हो ।

बिद्यालय बन्दको कार्यक्रम कार्यान्वयन गराउनका लागि परिषद्का महासचिव शान्तिनाथ योगीले शुक्रबार ७७ वटै जिल्ला कार्यसमिति र ७५३ स्थानीय पालिका कार्यसमितिलाई सर्कुलर पठाईसकेका छन् ।